× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३१७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २७९

    ४ वर्ष पहिले

    कार्तिक-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १७ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ११ हजार १ सय ५५ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ५४ हजार १ सय ५४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ४४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ८८ हजार ३ सय २६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार १० रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय २५ छ।

    २४ घण्टामा २ सय ७९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ८८ जना र भेन्टिलेटरमा ५४ जनाको उपचार भईरहेको छ ।