३ वर्ष पहिले
कार्तिक-२५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन।देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
त्यसैगरी राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।