× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज लोक आस्थाको महान् पर्व छठ

    ३ वर्ष पहिले

    कार्तिक-२४, लोक आस्थाको महान् पर्व छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।

    यस पर्वका वर्तालुले चतुर्थी तिथिमा घरको पूजास्थललाई पवित्रताका साथ सफासुग्घर गरी स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ । पञ्चमीका दिन ‘खरना’ गरिन्छ । यस अवसरमा वर्तालु दिनभर उपवासमा बसेर बेलुकी नयाँ माटोको चुलोमा खीर पकाउँछन् ।

    घरमा पूजापाठको क्रममा सोही खीर देवीदेउतालाई चढाइन्छ । सो खीर प्रसादका रुपमा आफू पनि ग्रहण गरिने र परिवार सदस्यका बीचमा वितरण गरिन्छ । सो प्रसाद ग्रहण गरेपछि वर्तालु महिलाको पुनः उपवास शुरु हुन्छ । लगातार ३६ घण्टाभन्दा बढी समयसम्म उपवास गरेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गरेपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।

    छठ पर्व किन मनाइन्छ र ?

    सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।

    विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका वर्षमा काटिएकामा यस वर्षदेखि फेरि बिदा दिइएको छ ।