× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३९० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४२५

    ३ वर्ष पहिले

    कार्तिक-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९० जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ९ हजार ८ सय ६५ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ६ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ७१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ५३ हजार २ सय २० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ सय ४ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ८२ हजार ५७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ५५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार ९४ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय १ छ।

    २४ घण्टामा ४ सय २५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९५ हजार ८ सय २२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ५ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ११ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ८७ जना र भेन्टिलेटरमा ४३ जनाको उपचार भईरहेको छ ।