× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा जुवातास खेलीरहेको अवस्थामा १३ जना पक्राउ

    ३ वर्ष पहिले

    कार्तिक-२१, चितवन प्रहरीले जुवातास खेलीरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेका छन् ।

    गएराति चितवन जिल्ला राप्ती न.पा.वडा नं.८ पाख्रिवास स्थितबाट कौडा खेलीरहेका ३ जनालाई जम्मा रु. १ लाख २३ हजार २ दुई सय रुपैया नगद, कौडा १६ थान, कौडा खेल्न प्रयोग भएको काठको वोर्ड थान-१ सहित पक्राउ गरिएको जनाइएको छ।

    यस्तै मिति २०७८।०७।१५ गते राती अंन्दाजी २:०० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं. ४ यज्ञपुरी स्थित टेम्पल कटेजबाट नगद रू. १६ हजार १५ रुपैयाँ, तास १ बुक सहित २ जना र मिति २०७८।०७।१६ गते राती अन्दाजी१२:०० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ०६ चोकबजार स्थित थकाली किचन होटलबाट रू. ५३ हजार ७० रुपैयाँ, कौडा १६ थान सहित ८ जनालाई पक्राउ गरिएको छ ।

    पक्राउ परेका सबैलाई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।