× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १४३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ५६३

    ३ वर्ष पहिले

    कार्तिक-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ९ हजार ४ सय ७५ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ९ सय ८० जनाको पिसिआर परीक्षण गर्दा १ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ५१ हजार ६ सय १४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ सय ५३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ७९ हजार ६ सय ३७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय १३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार १ सय २४ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय ८९ छ।

    २४ घण्टामा ५ सय ६३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९५ हजार ३ सय ९७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ९ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ४८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ९७ जना र भेन्टिलेटरमा ४९ जनाको उपचार भईरहेको छ ।