× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना केबलकार तिहारमा दुई दिन बन्द हुने

    ३ वर्ष पहिले

    कार्तिक-१६, मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालि ले कार्तिक १९ गते गोवर्धन पूजा र कार्तिक २० गते भाइटीकाको दिन सेवा बन्द गरिने जनाएको छ ।

    केबलकारकार कार्तिक २१ गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्वल शेरचनले हाइवे समाचारलाई जानकारी दिनुभएको छ।

    मनकामना केबलकारबाट गोरखामा रहेको प्रशिद्ध मनकामना मन्दिर पुगिन्छ । केबलकारले चितवन र गोरखा जिल्लालाई जोडेको छ र दैनिक हजारौं यात्रुले सेवा लिदै आएका छन ।