× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ६६६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६२२

    ३ वर्ष पहिले

    कार्तिक-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ४ हजार ५ सय १३ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ७ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ६९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख ८६ हजार ५ सय ६७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार २ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ४८ हजार ९ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १० हजार २ सय ९६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ हजार ५ सय १२ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ सय ८४ छ।

    २४ घण्टामा ६ सय २२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८८ हजार ६ सय ३९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.१८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ११ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ७२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय १७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ५२ जना र भेन्टिलेटरमा ८० जनाको उपचार भईरहेको छ ।