× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ईच्छाकामना गाउँपालिकाको फोहोर बोक्ने ट्याक्टर दुर्घटनाग्रस्त

    ३ वर्ष पहिले

    कार्तिक-७, चितवनको इच्छाकामना गाउँपालिकाको फोहोर बोक्ने ट्याक्टर विजुलीको पोलमा ठोक्किएर पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटारको केवलकार नजिकै दुर्घटना भएको छ ।

    गाउँपालिकाको ट्याक्टर मुग्लिनमा फोहोर बोक्ने आउनेक्रममा अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर सडकबाट करिब ६० मिटर तल केवलकार तल्लो पार्किङ क्षेत्र नजिकै खस्न पुगेको छ ।

    दुर्घटनामा कुनै मानवीय क्षति नभएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।