× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    कार्तिक-७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। सबै प्रदेशका थोरै-थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।