× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनका होटल तथा रेस्टुरेन्टमा अनुगमन, अखाद्य वस्तु मिसाएको मिठाई जफत

    ४ वर्ष पहिले

    कार्तिक-४, चितवनमा होटल तथा रेस्टुराहरुमा अनुगमन कार्य तीव्र पारे संगै आज मुग्लिनका होटल तथा रेष्टुरेण्टहरुमा अनुगमन गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रजिअ चिरञ्जीवी शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख यादवनाथ आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख घननाथ अधिकारी, ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सूर्य बहादुर राना र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रदिप काफ्लेको टोलीले मुग्लिनका करिब एक दर्जन होटल तथा रेष्टुरेष्टहरुमा अनुगमन गरेको हो ।

    अनुगमनको क्रममा केही मिठाई पसलबाट अखाद्य वस्तु मिसाएको २८ किलो लड्डु,२० किलो खुवा तथा म्याद गुज्रेको ११ पोका चाउमिन जफत गरिएको छ।

    अनुगमनको क्रममा कैफियत देखिएको होटललाई कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय चितवनले जरिबाना असुल्ने घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख यादवनाथ आचार्यले बताउनुभयो ।

    त्यसैगरी केही होटलहरुलाई तत्काल सुधार गर्न निर्देशन दिएको र दिएको सुझाव अनुसार सुधार नगरे कारबाही गरिने जनाउनु भएको छ ।