× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १०९६जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १००४

    ३ वर्ष पहिले

    कार्तिक-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ८६ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार १ सय ४० जनाको पिसिआर परीक्षण गर्दा ९ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख ३६ हजार ३ सय १८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ७ सय ७६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ३५ हजार ७९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८ सय १५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १० हजार ८ सय ६६ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ सय ४९ छ।

    २४ घण्टामा १ हजार ४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८८ हजार ८ सय ९७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.६४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १२ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय २८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ६७ जना र भेन्टिलेटरमा ८६ जनाको उपचार भईरहेको छ ।