× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज ४१ औँ विश्व खाद्य दिवस

    ४ वर्ष पहिले

    असोज-३०, आज ४१ औँ विश्व खाद्य दिवस । ‘हाम्रो पहल : सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण’ भन्ने नाराका साथ विश्वभर मनाइदै छ।

    सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।

    नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । खाद्य दिवसको अवसरमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले भने ‘खाद्य स्वच्छता दिवस’ भनेर पनि यो दिवस मनाउने गरेको छ ।

    कृषि प्रधान मुलुक नेपालमा ६० प्रतिशतभन्दा बढी मानिसहरु कृषिमा निर्भर भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन सकेको छैन । हामी अर्बैँ रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेका छौँ ।

    सन् १९६० को दशकमा विश्वमा चामल निर्यात गर्ने प्रमुख देशमा नेपाल छैटौँ स्थानमा थियो । तर, अहिले नेपालले अर्बौं रुपैयाँको खाद्यान्न आयात गरिरहेको छ ।

    विश्व खाद्य तथा कृषि संगठनले जनाए अनुसार जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई संसारभर अहिले २१औं शताब्दीको मुख्य चुनौतीको रूपमा हेरिएको छ । जलवायु परिवर्तनकै कारण संसारका धेरैजसो स्थानमा रहेको स्थानीय अन्नबालीसमेत हराउँदै गएको छ ।विस्तारै रैथाने बीउबिजन लोप हुँदै जानु २१औं शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती हो ।