× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालमा केही दिन मेघ गर्जन,चट्यांग र हावाहुरी सहित भारी वर्षा एवं हिमाली भू-भागमा हिमपातको संभावना

    ३ वर्ष पहिले

    असोज-३०, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार नेपालमा आज देखि केही दिन मेघ गर्जन, चट्यांग र हावाहुरी सहित भारी वर्षा एवं हिमाली भू-भागमा हिमपातको संभावना रहेको जनाएको छ।

    मौसम पूर्वानुमान महाशाखाले बिषेश बुलेटिन प्रकाशित गरि दिएको जानकारी अनुसारभारतको आन्द्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले भोली शनिबारबाट नेपालमा आंशिक देखि सामान्य बदली हुने तथा आईतबार देखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हावाहुरी सहित भारी वर्षाको समेत संभावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको पनि संभावना रहेको छ।

    मौसम विज्ञान विभागले सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिई सजग रहन र विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजक रहन अनुरोध गरेको छ।

    आज दिनभरको मौसम

    आज दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी राती देशको प्रदेश नं १, प्रदेश नं २, र बागमती प्रदेश सामान्य बदली रहि अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।