× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ७८५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ८८८

    ३ वर्ष पहिले

    असोज-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ८५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९५ हजार ९ सय ७७ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार २ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख ९६ हजार १ सय ७१ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ९ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख १९ हजार ९ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ८७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १३ हजार ६ सय २२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १ सय ६५ छ।

    २४ घण्टामा ८ सय ८८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७६ हजार ८ सय ३१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १२ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ४३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय १४ जना र भेन्टिलेटरमा १ सय ११ जनाको उपचार भईरहेको छ ।