× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५९६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ८७१

    ३ वर्ष पहिले

    असोज-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ९६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९५ हजार १ सय ९२ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार २ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख ८८ हजार ९ सय ३८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख १४ हजार ९ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १३ हजार ८ सय ५९ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १ सय ६५ छ।

    २४ घण्टामा ८ सय ७१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७५ हजार ९ सय ४३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.६७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १० संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ३१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय २२ जना र भेन्टिलेटरमा १ सय १३ जनाको उपचार भईरहेको छ ।