× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १२८२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १२६२

    ३ वर्ष पहिले

    असोज-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ८२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ८३ हजार ५ सय ८१ जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार ८१ जनाको पिसिआर परीक्षण गर्दा ९ सय ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४१ लाख ७४ हजार ५ सय ३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ६८ हजार ४ सय ५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ४८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १७ हजार ५ सय ३५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय १३ छ।

    २४ घण्टामा १ हजार २ सय ६२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ६२ हजार ४ सय १६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ७ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ५६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ८५ जना र भेन्टिलेटरमा १ सय २५ जनाको उपचार भईरहेको छ ।