× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १४७६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १५५०

    ३ वर्ष पहिले

    असोज-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ८० हजार २ सय १६ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४१ लाख ४६ हजार ७ सय ८३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार १ सय १५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ५६ हजार ३ सय ३२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २० हजार २ सय ८७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १८ हजार ९ सय ६९ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय १८ छ।

    २४ घण्टामा १ हजार ५ सय ५० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ५५ हजार ५ सय ४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.८३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ९ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ४४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ४७ जना र भेन्टिलेटरमा १ सय ५ जनाको उपचार भईरहेको छ ।