× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एकीकृत समाजवादीका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

    ३ वर्ष पहिले

    असोज-७, मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा एकीकृत समाजवादीका कारण फेरि ढिलाइ हुने भएको छ।

    सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा गठबन्धनमा आबद्धमध्ये कै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतमा दल विभाजन सम्बन्धी मुद्दा रहेकाले टुंगो लागेपछि मात्रै नाम दिने बताए पछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको हो।

    सरकार गठन भएको ७२ दिन पुग्दासम्म पनि सरकारले पूर्णता नपाएकाे भन्दै ब्यापक आलोचना भएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन आबद्ध दललाई मन्त्रीको सूची माग्दा नेकपा एसले नाम दिन असक्षमता देखाएको हो ।

    त्यसैगरी गठबन्धनमा आबद्ध अर्को घटक जनता समाजवादी पार्टी पुनः पार्टी फुट्ने भयले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम नदिने अडान लिएको छ ।

    गत असार २९ गते गठन भएको देउवा नेतृत्वको सरकारले बुधबार नेपाली कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्ति गरेसंगै मन्त्रीमण्डलमा प्रधानमन्त्री देउवा सहित ४ मन्त्री र एक राज्यमन्त्री मात्र रहेका छन् ।