× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पहिलो मात्रा लगाएर बसेका नागरिकले असोज १४ देखि १८ गतेसम्म खोपको दोस्रो मात्रा पाउने

    ३ वर्ष पहिले

    असोज-४, चितवनमा खोपको पहिलो मात्रा लगाएर बसेका नागरिकले असोज १४ देखि १८ गतेसम्म खोपको दोस्रो मात्रा पाउने भएको छ ।

    त्यसैगरी ३५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई ५ र ६ गते भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार यस अघि विभिन्न मितिमा भेरोसेल खोपको पहिलो मात्रा लगाएर २१ दिन पुगेका कक्षा १२ का बिद्यार्थीहरु, ४० वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै र चितवन उद्योग संघ मार्फत खोप लगाएका नागरिकहरुले साविककै खोप केन्द्रहरुमा असोज १४ देखि १८ गते सम्म खोपको दोस्रो मात्रा लगाउन सकिनेछ ।

    खोप लगाउन जाँदा नागरिकता परिचय पत्र वा उमेर खुल्ने आधिकारिक परिचय-पत्र र विद्यार्थीको हकमा शैक्षिक संस्थाको सिफारिस पत्र र विद्यार्थीको परिचयपत्र अनिबार्य लिएर जानुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।