× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १०९५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २९५७

    ३ वर्ष पहिले

    असोज-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ७४ हजार ६ सय २९ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ७ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४१ लाख ३ हजार ८ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ३१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ४० हजार ७ सय ३४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३ सय २३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २० हजार ८ सय ९१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ४ सय ३२ छ।

    २४ घण्टामा २ हजार ९ सय ५७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ५२ हजार १ सय ७० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.९९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ८ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ६४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ७१ जना र भेन्टिलेटरमा १ सय ८ जनाको उपचार भईरहेको छ ।