× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ७३४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १४१३

    ३ वर्ष पहिले

    असोज-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ७३ हजार ५ सय ३४ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४० लाख ९३ हजार १ सय जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ३७ हजार ७ सय ३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ३ सय १३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २२ हजार ८ सय ६४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ४ सय ४९ रहेको छ।

    २४ घण्टामा १ हजार ४ सय १३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ४९ हजार २ सय १३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १२ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ४८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ९० जना र भेन्टिलेटरमा १ सय १७ जनाको उपचार भईरहेको छ ।