× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा साधारणसभा, सम्मेलन, अधिवेशन गर्न पाइने, सिनेमा हल सञ्चालन गर्न अझै नपाइने

    ३ वर्ष पहिले

    भदौ-३०, जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सूचनामा असोज १ गते देखि कानुनबमोजिम गर्नुपर्ने साधारण सभा सम्मेलनमा तथा अधिवेशन गर्न पाइने भएको छ ।

    कानुनबमोजिम गर्नुपर्ने साधारण सभा सम्मेलनमा तथा अधिवेशन गर्न पाइने भएतापनि भौतिकरुपमा उपस्थित भए गरिने सबै प्रकारका सभा-सम्मेलन, प्रदर्शन, भेला, जात्रालाई तथा महोत्सव भने सञ्चालन गर्न पाइने छैन ‌।

    त्यसैगरी सिनेमा हल सञ्चालन सम्बन्धमा सम्बन्धित व्यवसायसँग समन्वय गरी कोभिड-१९ को संक्रमण नहुने सुनिश्चितता सहितको मापदण्ड तयार भएपश्चात आवश्यक निर्णय गरिने जनाइएको छ ।

    सबैप्रकारका उद्योग व्यवसाय लगायत जुनसुकै कार्य वा गतिविधि सञ्चालन गर्दा मार्क्सको अनिबार्य प्रयोग गर्ने भौतिक दूरी कायम गर्ने भिडभाड नहुने सुनिश्चितता गर्नु पर्ने छ । अन्यथा अनुगमनको क्रममा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको पाइएमा अनुगमन समितिको सिफारिसमा त्यस्ता पसल/व्यवसायलाई आदेश अवधिभर बन्द गराइने तथा कानुन बमोजिम कारवाही गरिने आदेशमा जनाइएको छ ।