× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजको मौसम: बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    भदौ-३०,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेकोले हाल देशभर सामान्य देखि पूर्ण बदली सहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

    आज दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यसैगरी राती देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।