× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश

    २८ भाद्र २०७८, मंगलवार

    २८ भाद्र २०७८, मंगलवार

    भदौ-२९, ‘सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार को संरक्षण हामी सबैको जिम्मेवारी’भन्ने मूल नाराका साथ आज ५७औँ राष्ट्रिय बाल दिवस मनाइदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् ।

    राष्ट्रपति भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन्।

    राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गरिन्।

    नेपालले बाल अधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।