× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज देशको केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको पुर्वानुमान

    ३ वर्ष पहिले

    भदौ-२७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। मनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिण तर्फ रहेकोले देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भ-ूभागमा आँशिक बदली रहेको छ ।

    आज दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी राती देशभर आँशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    मौसम विज्ञान विभागले परामर्श जारी गर्दै देशको केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रानको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।