× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रतिस्थापन आर्थिक विधेयक मार्फत सुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर बढाइयो

    ३ वर्ष पहिले

    भदौ-२६, सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयक मार्फत सुर्तीजन्य पदार्थ चुरोट तथा सुर्तीमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ।

    शुक्रबार प्रतिनिधिसभाको वैठकमा प्रतिस्थापन आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जानर्दन शर्माले चुरोट बिँडी, सिगार, सुर्ती र गुट्खामा कर बढाएको जानकारी दिएका हुन्।

    प्रतिस्थापन आर्थिक विधेयकमा बिँडी प्रति खिल्ली २५ पैसा रहेकोमा अहिले ५ पैसा बढाएर ३० पैसा जोखम कर निर्धारण गरिएको छ। त्यस्तै सिगार प्रति खिल्ली ५० पैसाको ठाउँमा ६० पैसा पुर्‍याइएको छ।

    यसैगरी, तयारी खाने सुर्ती, खैनी, गुट्खा र पान मसलामा प्रतिकिलो ४० रहेकामा ६० रुपैयाँ पुर्‍याइएको छ।