× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकारले बढायो दुईपांग्रे बाइक-स्कुटरमा लाग्ने कर, अब मुल्यवृद्धि हुने

    ३ वर्ष पहिले

    भदौ-२६, सरकारले शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकमार्फत् दुईपांग्रे सवारी साधनको करको दरमा वृद्धि गरेको छ।

    सो प्रतिस्थापन विधेयकले १२५ सिसीभन्दा माथि २०० सिसी सम्मको मोटरसाइकल/स्कुटरको अन्तशुल्क १० प्रतिशत बढाएको हो। यसअघि १२५ देखि २०० सिसीको मोटरसाइकलमा ४०% अन्तःशुल्क लाग्नेमा अब बढेर ५०% बनाइएको छ ।

    यस्तै ५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्तशुल्क बढाइएको छ। यसअघि ५०० देखि ८०० सिसीको मोटरसाइकलमा ८०% अन्तःशुल्क लाग्नेमा अब बढेर १००% बनाइएको छ । तर ८०० सिसीमाथिको बाइकमा भने अन्तशुल्क पुरानै दर, १००% नै कायम गरेको छ।

    अन्तशुल्क बढेसँगै नेपाली बजारमा अत्यन्त रुचाएको १२५ देखि २०० सिसी र ५०० देखि ८०० सिसीका इन्जिन क्षमताका दुई पांग्रे सवारीसाधनको मूल्य बढ्ने भएका छ।