× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रगतिवादी धाराका सशक्त कवि अनिल श्रेष्ठको कवितासङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ विमोचन

    ४ वर्ष पहिले

    भदौ-२४, प्रगतिवादी धाराका सशक्त कवि अनिल श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ विमोचन गरिएको छ ।

    बिहिबार आँबुखैरेनी स्रष्टा समाजले सो कार्यक्रम छिम्केश्वरी पार्टी प्यालेस एण्ड रिसोर्ट आँबुखैरेनी, तनहुँमा आयोजना गरेको हो।

    पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथिका रूपमा बाल साहित्य इतिहासकार, लेखक तथा कवि प्रमोद प्रधान उपस्थिति रहेको थियो । त्यस्तै बिषेश अतिथिको रुपमा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा तथा अन्य अतिथिहरुमा समालोचक तथा कवि तेजबिलास अधिकारी, समालोचक/ कवि भीम रानाभाट, पद्य विधाका सशक्त कवि कृष्णप्रसाद पोखरेल, तथा सो कविता संग्रहका प्रकाशक विजयराज आचार्य उपस्थित रहेको थियो ।

    कार्यक्रममा समालोचकद्वय तेजबिलास अधिकार र भीम रानाभाटले कविता संग्रहको समीक्षा गर्नु भएको थियो । कविता संग्रहको समीक्षा गर्दै समालोचकद्वयले सामाजिक विकृति विसंगति नालायक नेतृत्व तथा बढ्दो आर्थिक परनिर्भरता प्रति कविता मार्फत भएको व्यंग्यको प्रकाश पार्नुभएको थियो ।

    आँबुखैरेनी स्रष्टा समाजका उपाध्यक्ष अर्जुन ढकालले संचालन गर्नुभएको कार्यक्रममा सल्लाहकार सानुकाजी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।