× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको मौसम पूर्वानुमान

    ३ वर्ष पहिले

    भदौ-२४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार नेपालमा मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेकोले देशभर आँशिक देखि सामान्य वदली रही प्रदेश नं १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ।

    आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    मौसम विज्ञान विभागले परामर्श जारी गर्दै देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।