× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज गुँला पर्व समापन

    ३ वर्ष पहिले

    भदौ-२२, एक महिना स्वयम्भु महाचैत्य लगायत बौद्ध विहार वहाः वही परिक्रमा गरी नेवार समुदायले मनाउने गुँला पर्व आजबाट समापन हुँदैछ।

    यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुग्ने गर्दछन् । काठमाडौंका स्थानीयवासी स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न पुग्ने गर्दछन् ।

    ललितपुरका स्थानीयवासी भने पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पल लगायत पाटनका विभिन्न विहार/महाविहारमा पूजा गर्न पुगेका थिए । यो पर्व अवधिभर माछा मासु, जाँडरक्सी, गुन्द्रुक खान नहुने नियम छ ।

    धार्मिक दृष्टिकोणले यस पर्वसँगै नाग पञ्चमी, पञ्चदान, रक्षाबन्धन जनैपूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् ।