× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ढलको उचित निकास नहुँदा मुग्लिनको बीच बजारमा छिटपुट वर्षामा पनि जलमग्न

    ३ वर्ष पहिले

    भदौ-१८,चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिनको बीच बजारको ट्राफिक बिटको क्षेत्रमा छिटपुट पानी पर्न साथ डुबानमा पर्दै आएको छ।ढलको उचित निकास नहुँदा मुग्लिनको बीच बजारमा छिटपुट वर्षामा पनि जलमग्न हुने गरेको छ।

    सो क्षेत्रमा पानी परेपछि सडक, होटल र पसलको पेटीबाटै खोलो नै बग्ने गरेकाले स्थानीयवासी सडक पार गर्नसमेत सक्दैनन्। घुँडासम्म आउने ढलको पानीमा सर्वसाधारण हातमा जुत्ता बोकेर पैदल हिँड्न बाध्य छन्। वर्षौंदेखि यस्तो समस्या खेप्दै आएका हुन्।

    धेरैपटक स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग गुनासो राखेपनि काम नगर्ने प्रवृत्तिले हैरान भएका छन्।गुनासो सुनेर समस्या समाधान गर्न चासो दिने कोही नहुँदा उनीहरु झन आक्रोशित भएका छन्।

    लामो समयदेखि चिप्लोबाटो माथि बग्ने पानीको भेलले यहाँका बासिन्दा र व्यवसायी आजित भएका छन्। यस्तो समस्या समाधान नहुँदा व्यवसाय नै चौपट भएको चितवन होटल व्यवसाय संघ, ईच्छाकामना इकाई समिति मुग्लिनका अध्यक्ष मिनबहादुर श्रेष्ठले बताउनुभयो।

    त्यसैगरी इच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजुले बताएअनुसार दुई वर्षअघि नै इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले सो क्षेत्रमा ढल निकासको लागि रु ५० लाख रकम निकासा गरेको बताए पनि हालसम्म काम सुरु नभएको हुँदा शीघ्र अति शीघ्र सो क्षेत्रमा उचित ढल निकास गरिदिन अनुरोध गरेको छ ।