× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २०५३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३०३०

    ३ वर्ष पहिले

    भदौ-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ४८ हजार २ सय ४ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ६ सय १२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३९ लाख २५ हजार ७ सय ५८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ३ सय २३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ७३ हजार २ सय ७८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय ८९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३१ हजार ८ सय १२ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ३ सय ७७ रहेको छ।

    २४ घण्टामा ३ हजार ३० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख १९ हजार ३ सय ३६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.८९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २० संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ७० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ११ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ६३ जना र भेन्टिलेटरमा १ सय ७० जनाको उपचार भईरहेको छ ।