× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काठमाडौं उपत्यकामा खुकुलो गर्दै भदौ-३१ गतेसम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    भदौ-१६, काठमाडौं उपत्यकामा भाद्र ३१ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको छ।आज बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर तथा भक्तपुरका)का प्रमुख जिल्ला अधिकारीको बैठकले यसअघि जारी केही प्रावधानलाई परिमार्जन गर्दै यस्तो निर्णय गरेको हो ।

    निषेधाज्ञालाई निरन्तरता दिइएको भए पनि भदौ १७ गते देखि सिनेमा घर, जिमखाना, ब्यूटी पार्लर, स्वीमिङ पुल लगायत खुल्ने भएका छन्। 

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा भीडभाड हुने गतिविधिहरू सञ्चालन गर्न नपाइने जनाएको छ। त्यसैगरी भदौ महीनाभर शैक्षिक संस्था खोल्न पाइनेछैन। भीडभाड, जुलूस, सभा र सम्मेलन गर्न पनि रोक लगाइएको छ।