× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २२९५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १८०८

    ३ वर्ष पहिले

    भदौ-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ९५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ४४ हजार ४ सय ८८ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ८ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय २ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३९ लाख ६ हजार २९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ३सय ४१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ६५ हजार ८ सय ४० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३३ हजार ३ सय ३३ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ५ सय ४१ रहेको छ।

    २४ घण्टामा १ हजार ८ सय ८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख १४ हजार ५ सय २० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.६० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १६ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ३८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ६८ जना र भेन्टिलेटरमा १ सय ६० जनाको उपचार भईरहेको छ ।