× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २०६५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २३३७

    ३ वर्ष पहिले

    भदौ-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ३८ हजार ९ सय ४८ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ७ सय ५२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३८ लाख ७७ हजार ४ सय ६९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ५४ हजार ६ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३४ हजार ६ सय ७६ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ९ सय २३ रहेको छ।

    २४ घण्टामा २ हजार ३ सय ३७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८ हजार २ सय ३० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.४४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २५ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ६३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ३७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय २२ जना र भेन्टिलेटरमा १ सय ७१ जनाको उपचार भईरहेको छ ।