

१० भाद्र २०७८, शुक्रबार
भदौ-११, विहिवार देखि परेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानहरु डुबानको चपेटामा परेका छन्।

झरही खोलाको पानी परासी बजारमा पस्दा डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। परासी बजारका अधिकांश घरको भूइतला डुबानमा परेका छन्। सुरक्षाकर्मीले उद्धार गरिरहेका छन्।
त्यस्तै, रुपन्देहीको दक्षिणी भाग मर्चवार तथा भैरहवा र तिलोत्तमाका केही भाग पनि डुबानमा परेका छन्। गएरातिदेखिको वर्षा रोकिएको छैन।
वर्षातका कारण तिनाउ नदीमा बाढी आएको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बुटवल उपमहानगरपालिकाले अपिल गरेको छ।