× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २४८२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १७८१

    ३ वर्ष पहिले

    भदौ-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ३४ हजार ४ सय ५० जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ९ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ८ सय ६२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३८ लाख ५९ हजार १५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ७९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ४५ हजार ६ सय ५७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ८६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३५ हजार २ सय ५० रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३७ रहेको छ।

    २४ घण्टामा १ हजार ७ सय ८१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ३ हजार ९ सय ६४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.३६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ४४ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ९६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय १० जना र भेन्टिलेटरमा १ सय ६१ जनाको उपचार भईरहेको छ ।