× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकामा भोलि देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई खोप दिइने

    ३ वर्ष पहिले

    भदौ-८,चितवनको इच्छाकामना गाउँपालिकामा कक्षा १२ मा अध्ययनरत एवं अन्तिम तथा पुनः परीक्षा दिने विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिइने भएको छ ।

    गाउँपालिकाले जारी गरेको सूचना अनुसार १८ वर्ष पुरा भई कक्षा १२ मा अध्ययनरत एवं अन्तिम तथा पुनः परीक्षा दिने विद्यार्थीहरुलाई भदौ ९ र १० गते इच्छाकामनाको दारेचोक स्वास्थ्यचौकी कुरिनटार र नमुना गाउँ घर क्लिनिक मुग्लिनमा खोप कार्यक्रम सञ्चालन हुने भएको हो।

    खोप लगाउन जाँदा अनिबार्य रुपमा आफ्नो उमेर र परिचय खुल्ने कागजात लिएर जानुका साथै माक्सको प्रयोग, सामाजिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्य कम मापदण्ड अनिवार्य पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।