× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १८०१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १९२४

    ३ वर्ष पहिले

    भदौ-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय १ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख २९ हजार ४ सय ४३ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ७ सय ४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३८ लाख ३९ हजार ३ सय ९५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ६ सय २२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ३५ हजार १ सय ७७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३५ हजार १ सय ३२ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार २ सय १९ रहेको छ।

    २४ घण्टामा १ हजार ९ सय २४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.४० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २४ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ३३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ९३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ७९ जना र भेन्टिलेटरमा १ सय ७६ जनाको उपचार भईरहेको छ ।