× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २०७५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २३८२

    ३ वर्ष पहिले

    भदौ-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख २७ हजार ६ सय ४२ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ४ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय २ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३८ लाख ३० हजार ६ सय ९१ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ७३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ३२ हजार ५ सय ५५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३५ हजार ५ सय ५५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार १ सय ९६ रहेको छ।

    २४ घण्टामा २ हजार २ सय ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.३५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २४ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय २१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ८१ जना र भेन्टिलेटरमा १ सय ६९ जनाको उपचार भईरहेको छ ।