× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पोर्चुगल पुगेरै नेपाल प्रहरीले ल्यायो मोस्ट वान्टेड सूचीका एक अभियुक्त

    ३ वर्ष पहिले

    साउन-३०, नेपाल प्रहरीले युरोपको पोर्चुगल पुगेरै ठगी गरी फरार रहेका मोस्ट वान्टेड सूचीका एक अभियुक्तलाई पक्राउ गरेको छ।

    नेपाल प्रहरीको इन्टरपोल शाखाले पोर्चुगल पुगेर काभ्रेपलान्चोक घर भएका केदार ढुङ्गानालाई नियन्त्रणमा लिएको हो। आज बिहान ११ बजे डीएसपी नेतृत्वको टोली अभियुक्त सहित काठमाडौंमा ल्यान्ड भएको हो।

    ढुङ्गानाले तत्कालीन एनडीईपी डेभलपमेण्ट बैंकबाट ठगी गरेर २ करोड रुपैयाँ लिएका थिए। त्यस्तै, अन्य मानिससँग पनि लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी) को टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध काठमाडौं जिल्ला अदालत, ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा छ।

    उनीविरुद्ध प्रहरीले गत वैशाखमा रेड कर्नर नोटिस जारी गरेको थियो। फरार रहेका ढुङ्गाना युरोपमा व्यापार गरेर बसेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिएको हो। उनी त्यहाँ बिजनेस भिसामा पुगेका थिए।