× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४९०४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २११५

    ३ वर्ष पहिले

    साउन-२६,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ९१ हजार ९ सय १० जना पुगेको छ ।

    २४ घण्टामा १३ हजार २ सय १७ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार १ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३७ लाख ७ हजार ३ सय ९६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ७ सय १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ६९ हजार ६ सय ५० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३३ हजार ९ सय ८५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ४७ रहेको छ।

    २४ घण्टामा २ हजार १ सय १५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३५ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार १ सय ५० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ८१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ६१ जना र भेन्टिलेटरमा १ सय ७६ जनाको उपचार भईरहेको छ ।