× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३७२९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १८८५

    ३ वर्ष पहिले

    साउन-२२,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ७७ हजार ५ सय ८९ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ४ सय ९३ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ४ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३६ लाख ६५ हजार ८ सय ३५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार १ सय ८२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार २ सय ९९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ४९ हजार ५ सय ४३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३१ हजार ४ सय २७ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ५ सय १५ रहेको छ।

    २४ घण्टामा १ हजार ८ सय ८५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ६५ हजार ५ सय ४८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २५ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ११ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ५६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ३२ जना र भेन्टिलेटरमा १ सय ५८ जनाको उपचार भईरहेको छ ।