× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लुम्बिनी र गण्डकीमा प्रदेशमा प्रमुख फेरिए

    ३ वर्ष पहिले

    साउन-१२, सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

    केपी ओली नेतृत्वको सरकारले केही महिना पहिले शेरचनलाई हटाएर गण्डकीमा सीता पौडेललाई नियुक्त गरेको थियो । त्यस्तै, लुम्बिनीका धर्मनाथ यादवलाई पनि ओली सरकारले नै प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

    अमिक शेरचन माओवादी कोटा र पृथ्वीमान गुरुङ कांग्रेसको कोटाबाट प्रदेशमा प्रमुखमा सिफारिस भएका हुन् र दुबै चितवन निवासी हुन् ।