× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा साउन १४ गते सम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    साउन-७, कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चितवन जिल्लामा जारी निषेधाज्ञा साउन १४ गते राति १२ बजे सम्मको लागि थप गरिएको छ ।

    चितवन जिल्लामा अझै पनि कोरोना संक्रमणको जोखिम उच्च रहेको ले निषेधाज्ञाको अवधि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

    जिल्लामा संक्रमण दर थप/घट भएमा निषेधाज्ञालाई थप खुकुलो वा कडाई गर्न सकिने जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेशमा जनाएको छ ।