× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा, अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाइने

    ३ वर्ष पहिले

    साउन-५, साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज मङ्गलवार बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

    विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो । यस पर्ष सय पूर्णाङ्कै परीक्षा भौतिक उपस्थितीमा गर्ने पनि अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

    यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेका स्वास्थ्यका माण्दण्ड पूर्ण रूपमा पालना गरेर परीक्षा सञ्चालन गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

    गत वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो । यो विधिको आलोचनासमेत भएको थियो ।