× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतमा

    ३ वर्ष पहिले

    साउन-१,नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतमा हुने भएको छ।यसअघि महान्यायाधिवक्ताको शपथ ग्रहण राष्ट्रपति भवन शीतलनिवासमा हुँदै आएको थियो।
    राष्ट्रपतिले गराउने बाहेकको शपथ ग्रहणका कार्यक्रम अबदेखि राष्ट्रपति कार्यालयमा नगर्ने शीतलनिवासले जवाफ दिएपछि सर्वोच्च अदालतमा नै महान्यायाधिवक्ताको शपथ ग्रहण हुने भएको हो । केही बेरमा प्रधानन्यायाधीश जबराले नवनियुक्त महान्यायाधिवक्ता खातीलाई शपथ ग्रहण गराउने भएका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा ३१ असारमा खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।