× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश

    ३ वर्ष पहिले

    असार-२८,सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै ३ साउनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । 

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।

    गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

    सो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका थिए । सर्वोच्च अदालतले ती रिटहरूमाथि सुनुवाइ गर्दै संसद पुनःस्थापना, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न र संसदको अधिवेशन तत्काल बोलाउन आदेश दिएको हो ।