× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २१६९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १४३२

    ३ वर्ष पहिले

    असार-२६,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ६९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार २ सय ५७ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख ३ हजार ९ सय ४० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ८७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ३१ हजार ९४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ८९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ५ सय ३९ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ९ सय ५० रहेको छ।

    २४ घण्टामा १ हजार ३ सय ५३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.६८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय ६२ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ४३ जना र भेन्टिलेटरमा १ सय ५५ जनाको उपचार भईरहेको छ ।